तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली

मद्दत केन्द्र - सिपमुलक तालिम लिन चाहने

यस शिर्षकमा सिप मूलक तालिम लिन चाहने महनुभावले इच्क्षा लागेको तालिममा आवेदन दिन सक्नेछन । यसका लागि सुरुमा गृह पृष्ठमा रहेको "सीपमूलक तालिम लिन चाहने" भन्ने खण्डमा प्रवेश गर्नु पर्नेछ | नयाँ दर्ता भए दर्ता गर्नी अथवा दर्ता गरेको username र password बाट लग-इन गर्नुहोस | लग-इन पश्चात "व्यक्तिगत विवरण" को फारम देखिने छ |

आवस्यक व्यक्तिगत विवरण

  • नागरिकता नम्बर 
  • लिङ्ग
  • उमेर
  • शैक्षिक योग्यता
  • स्थायी ठेगाना
  • हालको ठेगानाग
  • सम्पर्क नं

 

तालिमको विवरण

  • लिन चाहेको तालिमको नाम र पेशा
  • अनुभवको विवरण
  • यस अघि कुनै तालिम प्राप्त भए र नभएको
  • तालिममा सहभागी हुन सहज हुने स्थान
  • तालिम पश्चातको योजना

 

 गण्डकी प्रदेश भित्रका तलिम केन्द्रहरुमा आफुलाई सहज हुने गरी आवेदन दिन सक्नेछन।
माथी सवै विवरणहरु राखिसकेपछाडी “म नियम र सर्तहरूसँग मन्जुर छु ।” वटनमा त्ष्अप गरेपश्चात “पेश गर्नुहोस” वटनमा क्लिक गर्ने ।

 

Dashboard खण्ड

फारम पूर्ण रूपमा भरे पछि Dashboard खुल्ने छ जसमा बजारमा उपलब्द भएका सम्पूर्ण तालिम देखिने छन् |

प्रयोगकर्ताले आफुलाई चाहिनी तालिम रोजी "पूरा पढ्नुहोस" वटनमा क्लिक गर्नुहोस | क्लिक पश्चात तालिमको पुरा विवरण देखिने छ | तालिम आफ्नो आवश्यकता पुरा गरे "दरखास्त दिनुहोस"  वटनमा क्लिक गर्नुहोस | 

स्क्रिनमा "!! तपाईंको आवेदन फारम सफलतापूर्वक पेस भएको छ । !!" भनेर देखिने छ | आवेदनको अवस्था हेर्न Dashboard मा रहेको " पूर्व आवेदनको सूची " मा क्लिक गर्नुहोस |

पूर्व आबेदनको सुची खण्डमा हजुरले पहिला आवेदन दिनु भएको तालिमको शिर्षक, आवेदन दिएको मिति र आवेदनको अवस्था देखिने छ |